• २०८१ बैशाख १३ बिहीबार

पूर्व प्रेमिकाले बेचिन मस्कले दिएका उपहार

kharibot

काठमाडौँ । अमेरिकाका अर्बपति एलन मस्ककी प्रेमिका जेनिफर ग्विनले कलेजका दिनका आफ्नो प्रेमका संकेत र तस्विरहरू लिलामी गरेकी छिन् । यसमा ती दिनका मस्कको पहिले कहिल्यै नदेखिएका तस्बिरहरूको संग्रह समावेश थियो ।

मस्क र उनकी प्रेमिकाका यी तस्बिरहरू १.६५ मिलियन डलरमा लिलामी भएका छन् ।

ग्वेनले बोस्टनले उनीसँग बेच्न सक्ने धेरै व्यक्तिगत वस्तुहरू छन्, यसमा तस्बिर, उनको जन्मदिन कार्ड र हार समावेश रहेको बताएकी छन् ।

मस्कले ग्लेनलाई सन् १९९४ र १९९५ को बीचमा भेटेका थिए । त्यतिबेला दुवैजना युनिभर्सिटी अफ पेन्सिल्भेनियामा पढ्थे । न्युयोर्क पोस्टले रिपोर्टका अनुसार त्यस बेलाका कुल १८ तस्बीरहरू थिए र प्रत्येक छुट्टा छुट्टै बेचिएको थियो । ग्विन र मस्क हाल सम्पर्कमा छैनन् ।

मस्कले युनिभर्सिटी अफ पेन्सिल्भेनियाबाट स्नातक गरे र त्यसपछि दुवै अलग भए । त्यसपछि मस्क क्यालिफोर्निया गए । ग्वेनले सो बेलाको समय बर्बादी जस्तो लाग्थ्यो र आफुहरुले संसार जित्नु अघि नै अलग भएको बताएकी छन् ।

सन् १९९४ मा ग्वेनलाई उनको जन्मदिनमा मस्कले उपहार दिएको सानो सुनको हार लिलामीमा ५१ हजार डलरमा बिक्यो । त्यस्तै मस्क र ग्विनको तस्बिरहरु ४२ हजार डलरमा बिक्रि भएको छ । मस्कले ग्वेनलाई बू-बू भनिने जन्मदिनको कार्डमा हस्ताक्षर गरेका थिए, जुन लगभग १७ हजार डलरमा बिक्री भयो ।

ग्विन अहिले दक्षिण क्यारोलिनामा बस्दछिन् । उनले यो पैसा आफ्नो सौतेनी छोराको कलेज पढाइका लागि खर्च गर्ने बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै