• २०८१ बैशाख ७ शुक्रबार

जय नेपाल हल परिसरमा भेटियो टुकुचा खोला !

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तिसार क्षेत्रमा गायब भएको टुकुचा खोला भेटाएको छ ।

बिहीबार महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजरले खनेर हेर्दा हातिसारस्थीत जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला भेटिएको छ ।

वडा नम्बर ४ बाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार क्षेत्रबाट निस्किएपछि जयनेपाल हल क्षेत्रमा गायब भएको बताइदै आएको थियो ।

स्थानीयहरुले धेरै पहिला देखि नै सो क्षेत्रमा उत्खननको माग राख्दै आएपनि अहिलेसम्म बेवास्ता गरिएको थियो ।

विहिबार जय नेपाल हलको कम्पाउन्डमा करिव १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको छ ।

टुकुचा खोलाको अतिक्रमण हटाउन काठमाडौँ महानगरले यस अघि साउन १२ गते नै ३५ दिने अल्टिमेटम दिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै