सिन्धुलीको वीपी राजमार्ग अवस्थित सेल्फी डाँडाबाट यस्तो देखिन्छ ढुङग्रेभञ्ज्याङ । जिल्लाको सदरमुकाम सिन्धुलीमाढी बजारबाट नागबेली सडक हुँदै झण्डै पन्ध्र किलोमिटरको दूरी वा ऐतिहासिक सिन्धुलीगढी क्षेत्रबाट दक्षिणतर्फ झण्डै तीन किलोमिटर अगाडि यात्रापछि यहाँ पुगिन्छ ।
राजमार्ग छेउमा रहेको यस ठाउँ प्राकृतिकरुपमा अतिनै सुन्दर छ । चिसो मौसम, हरियाली वातावरण र अर्गानिक खानेकुरामा रम्ने, रमाउनेहरु सबैका लागि यो ठाउँ रोजाइमा पर्ने गरेको छ ।