• २०८१ बैशाख ४ मंगलबार

पुस्तक ‘सात जुनी’ बिक्रीबाट आएको सबै रकम समाजसेवामा

kharibot

काठमाडौं । उपन्यासकार मणि नेपाली पनेरुले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्री वितरणबाट प्राप्त सम्पूर्ण रकम समाजसेवामा लगाएका छन् ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै पनेरुले गत महिना लोकार्पण भएको उक्त पुस्तकको बिक्रीबाट प्राप्त एक लाख हस्तान्तरण गर्दै माइती नेपालीकी संस्थापक एवं सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट हेमा पनेरु अध्यक्ष तथा कलाकार अविनाश न्यौपाने उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रहने गरी ‘सात जुनी विकास कोष’को घोषणा गरे ।

अमेरिका बस्दै आएका गोरखाका पनेरुले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँमा तमाम समस्या समाधानमा विकास कोषले काम गर्ने बताए । ‘पुस्तक बिक्रीको सम्पूर्ण रकम मेरो जन्मभूमि सौरपानीको विकासमा सदुपयोग गर्ने निर्णय भएकाले यो कोषको घोषणा गरेको छु । यो प्रयास मेरो मातृभूमि नेपालप्रतिको सङ्लो मायाले प्रेरित छ र म नेपाललाई प्रेम गर्छु भन्ने साङ्केतिक सत्कार्य हो’, पनेरुले भने, ‘विश्वव्यापी सोचौं र स्थानीय रुपमा काम गरौँ भन्ने यो मेरो एक सन्देश पनि हो ।’

विकास कोषको घोषणा गर्दै कोइरालाले काठमाडौंमा बसेर गाउँको कुरा गरेर चुनावको बेला मात्र मुख देखाउन गएर गाउँ समाजको विकास नहुने बताइन् । गत महिना पनेरुद्वारा लिखित चार कृतिहरु उपन्यास ‘सात जुनी’, बालकविता संग्रह ‘हाम्रो झन्डा’, गीति संग्रह, ‘स्वर्गको गाथा’ र कविता संग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकापर्ण गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै