• २०८१ बैशाख १४ शुक्रबार

ईयू राष्ट्रहरू ऊर्जा मूल्यबारे संयुक्त दृष्टिकोण बनाउन सहमत

kharibot

ब्रसेल्स ।  युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरूले इन्धनको मूल्य नियन्त्रणका लागि अस्थायी आपतकालीन उपायबारे साझा धारणा बनाउन सहमति जनाएका छन् ।

चेक गणतन्त्रका उद्योग तथा व्यापारमन्त्री जोजेफ सिकेलाले ब्रसेल्समा भएको ऊर्जा परिषद्को बिशेष बैठकपछि भने, “उनीहरूले युरोपेली आयोगलाई केही दिनभित्रै बलियो र ठोस प्रस्ताव पेश गर्ने जिम्मेवारी दिएका छन् ।” “हामी इन्धनको उच्च मूल्यहरूको सामना गरिरहेका हाम्रा नागरिकहरू र कम्पनीहरूलाई मद्दत गर्न जे पनि गर्नेछौं,” उनले भने । 

मन्त्रीहरूले चार मुख्य क्षेत्रहरू पहिचान गरी सदस्य राष्ट्रहरूले आयोगले कम उत्पादन लागतको सामना गर्ने बिजुली उत्पादकहरूको राजस्वसीमित गर्ने, ग्याँसमा सम्भावित मूल्य सीमा, ईयूभर समन्वित बिजुली माग घटाउने उपायहरू, र उपायहरू जसले कम तरलताको मुद्दा समाधान गर्न मद्दत गर्ने विश्वास गरेका छन् । 

यूका ऊर्जा आयुक्त कादरी सिमसनले बैठकपछि  भने, “ऊर्जाको मूल्यमा उल्लेखनीय कमी ल्याउने र आपूर्तिको हाम्रो सुरक्षा सुनिश्चित गर्ने कुनै पनि समाधान छैन ।"

उनले भने, “हामीले आपूर्तिको विविधीकरण, माग घटाउने र नवीकरणीय ऊर्जामा लगानीजस्ता सबै मोर्चामा आफ्नो काम र दृढसङ्कल्पलाई निरन्तरता दिन आवश्यक छ ।” ईयूले आफ्ना व्यापारिक साझेदारहरूसँग थप किफायती मूल्यहरू वार्ता गर्न द्विपक्षीय रूपमा काम गरिरहेको सिमसनले बताए । 

उनले अहिलेसम्म केही पनि निर्णय नभएको स्वीकार गर्दै भने, “हामी अर्को हप्ता अभूतपूर्व उपायहरू प्रस्ताव गर्नेछौं । मन्त्रीहरूले यस महिनाको अन्त्यमा फेरि बैठक बसेर अन्तिम योजनाहरूबारे छलफल गर्न र प्रस्ताबहरू पारित गर्ने अपेक्षा गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै