• २०८१ बैशाख ८ शनिबार

दूधपाटीस्थित इन्द्रदहमा भक्तजनको घुइँचो

kharibot

भादगाउँ । भाद्र शुल्क पुर्णिमाको अवसरमा भक्तपुरको दूधपाटीस्थित धार्मिक तीर्थस्थल सिद्धपोखरीले समेत परिचित इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यहा“ ठूलो मेला लाग्ने गर्दछ । इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पु¥याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउन रातभर त्यही राख्ने परम्परा रहेको छ ।

सोहीअनुसार शुक्रबार साँझ इन्द्रायणी देवीलाई इन्द्रदह पु¥याइएको थियो । इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्न आज भक्तजनको भिड लागेको हो । देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रुपमा लिने भएकाले स्थानीयले यसलाई इन्द्रदहको रुपमा समेत लिने गरेको हो ।

इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास रहेको छ । इन्द्रदहमा वासुकी नागको बसोबाससमेत रहेको विश्वास गरिन्छ ।

त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन छ ।

इन्द्रदह परिसरमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्ति रहेका छन् ।

त्यहाँ रहेको शिवलिङ्गमा जल चढाइ पिएमा घा“टी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहिआएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै