• २०८१ बैशाख ८ शनिबार

अब टेकुमा फोहर नथुप्रिने 

kharibot

काठमाडौँ । चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेशनको फोहर व्यवस्थापनको काम सकिएसँगै अब हरेक दिन नागरिकको घरबाट उठाइएको फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पर्याइने भएको छ ।

विगत चार महिनादेखि अल्पकालिन व्यवस्थापनको लागि टेकुमा थुपारिएको फोहर बिहीबारबाट सकिएको छ । यस अघि थुपारीएको फोहर सकिएकाले आगामी दिनमा नागरिककको घरबाट निस्किएको सबै फोहर सोही दिन बञ्चरेडाँडामा लगिने छ । अब यस अघिझै टेकुमा फोहर थुपारेर नराखिने बताईएको छ । 

लामो समयदेखिको फोहर व्यवस्थापनको काम सकिएकाले यस अघिझै फोरहको कारण काठमाडौँ उपत्यका अस्तव्यस्त नहुने कामनपाको वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।  

सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग भएको सहमति कार्यान्वयनको चरणमा रहेको र कुहीने फोहर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामा नै  व्यवस्थापन गर्ने गरी वैकल्पिक स्थान पहिचान गर्न सक्रिय रहेको पनि प्रमुख राईले जानकारी दिए । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौँ उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिँदै आएको थियो । 

उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य सुरु भएको थियो । गत फागुनदेखि कहिले सडकको कारण त कहीले स्थानीयको अवरोधका कारण नियमितरुपमा उपत्यकाको फोहर व्यवस्थापनको काम हुन सकेको थिएन । लामो सयम नियमित फोहर व्यवस्थापनको काम हुन नसक्दा ट्रान्फर स्टेशनमा फोहरको डङ्गुर थुप्रिएको थियो ।

हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै