• २०८१ बैशाख १४ शुक्रबार

डायनाको अन्तर्वार्ताका लागि बीबीसीले १४ लाख पाउन्ड तिरेको खुलासा

kharibot

फाइल तस्बीर

लण्डन ।  सन् १९९५ मा राजकुमारी डायनालाई दिएको अन्तर्वार्ताबाट प्राप्त भएको रकम बीबीसीले परोपकारी संस्थालाई दान गरेको शुक्रबार जनाएको छ ।

‘प्यानोरमा’ को अन्तर्वार्ता दुई करोड २८ लाख मानिसले हेरेका थिए, जसमा डायनाले राजगद्दीका उत्तराधिकारीसमेत रहेका राजकुमार चाल्र्ससँगको आफ्नो विवाहसँग जोडिएको विश्वासघातबारे विस्तृत विवरण दिएकी थिइन् । 

अवकाशप्राप्त वरिष्ठ न्यायाधीश जोन डायसनले मे महिनामा प्रकाशित एक स्वतन्त्र रिपोर्टमा बीबीसीका पत्रकार मार्टिन बशीरलाई कमिसनका रूपमा नक्कली बैंक स्टेटमेन्ट दिएको र राजकुमारीका भाइलाई प्रकाशन गर्न मनाउनका लागि देखाएको बताएका थिए । 

बेलायतको प्रसिद्ध प्रसारण कम्पनीले राजकुमारीसँग सम्बन्धित रकम सात वटा परोपकारी संस्थालाई १४ लाख २० हजार पाउन्ड (१६ लाख ४० हजार अमेरिकी डलर) भुक्तानी गरेको शुक्रबार जनाएको छ ।

जसमा होमलेस च्यारिटी सेन्टरप्वाइन्ट, इङ्लिस नेसनल ब्यालटे, ग्रेट ओर्मोन्ड स्ट्रिट हस्पिटल चिल्ड्रेन्स च्यारिटी, द लेप्रोसी मिसन र नेसनल एड्स ट्रस्ट रहेका छन् । “लर्ड डायसनको निष्कर्षलाई ध्यानमा राख्दै, हामीलाई लाग्छ कि यो सही र उचित कदम हो,” बीबीसीले भनेको छ ।  

बशीरले डायनालाई बिबिसीको प्रमुख समसामयिक कार्यक्रममा कुरा गर्न कसरी मनाए भन्ने प्रश्न लामो समयदेखि सोधिँदै आएको थियो । अन्तवार्ताका लागि बशीरले टेलिभिजन पुरस्कारहरूको श्रृङ्खला नै पाएका थिए ।

यसमा डायनाले आफ्नो विवाहमा आफु (डायना), चार्ल्स र उनीसँग लामो समयसम्म सम्बन्ध रहेकी जीवनसाथी (जो अहिले पत्नी छन्) क्यामिला पार्कर बोल्स गरी ‘तीन व्यक्ति मात्र थिए’ भनी बताएकी थिइन् । उनीहरूको अवैध यौन कुराकानी हुने गरेको पनि अन्तवार्तामा उनले बताएकी थिइन् ।

बशीरलाई अन्तर्वार्ताको समयमा थोरै मात्र चिनिन्थ्यो तर उनले अमेरिकी टेलिभिजन नेटवर्कहरूमा माइकल ज्याक्सनजस्ता स्टारहरूको साक्षात्कार गर्दै एक उच्च–ओहोदाको पेशाकर्मी बनाएका थिए ।

बशीरले माफी माग्दै डायनाका सबैभन्दा नजिकका विश्वासपात्रलाई उनीमाथि नजर राख्नका लागि बैंक स्टेटमेन्टमा झुटा विवरण पेश गरेकोमा ‘मलाई गहिरो खेद छ’ भनेका छन् । 

तर राजकुमारी डायनाले अन्तर्वार्तामा भाग लिने व्यक्तिगत छनौटमा कुनै असर नपारेको उनले बताए । 

चार्ल्स र डायनाले सन् १९९६ मा औपचारिक रूपमा सम्बन्ध विच्छेद गरेका थिए । त्यसको एक वर्षपछि पेरिसमा ‘पापराजी फोटोग्राफर’हरूले पछ्याइरहेको समय तीव्र गतिले हाँकिएकोे कार दुर्घटनामा उहाँको ३६ वर्षको उमेरमा मृत्यु भएको थियो । चार्ल्सले सन् २००५ मा क्यामिलासँग विवाह गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै