• २०८१ बैशाख ११ मंगलबार

भारतबाट ग्याँस घटेर आउदा पेट्रोल र डिजेलको मुल्य बढेर आयो

kharibot

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ ।

नेपाल आयल निगमलाई विहिबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैया ४९ पैसा र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ १२ पैसा बढेर आएको छ ।

निगमका अनुसार खाना पकाउने एलपी ग्याँसको मूल्य भने घटेर आएको छ । एलपी ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।

यस अघि दुई पटकसम्म पेट्रोल र डिजलको मुल्य भारतबाट घटेर आउदा निगमले आफ्नो घाटा कायमै रहेको भन्दा मुल्य घटाएको थिएन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै