• २०८१ बैशाख १२ बुधबार

अग्नी ग्रुपको नयाँ २ एस सर्भिस सेन्टर अब दमकमा पनि

kharibot

दमक । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति दमकमा २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

दमकमा हाल संचालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।

यस २ एस सर्भिस सेन्टरको उद्घाटन विहिबार दमक नगरपालिकाका मेयर राम थापा, दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराईु, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठु, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माद्वारा अग्नी ग्रुपका प्रतिनिधिहरुका साथसाथै अन्य माननीय अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।

अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुपले आफ्ना सेवाहरु यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै