• २०८१ बैशाख १४ शुक्रबार

अष्ट्रेलियामा विमान दुर्घटना, तीन जनाको मृत्यु

kharibot

सिड्नी । अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ ।

हल्का विमान क्वीन्सल्याण्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको हो ।

"प्रारम्भिक  विवरण अनुसार विमान स्थानीय समय अनुसार बिहान १० बजे डल्बी प्रस्थान गरेको थियो र आरचेर्फिमा अवतरणका निम्ति निर्धारित थियो । 

अष्ट्रेलियाको यातायात सुरक्षा ब्युरोको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकोले जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै