• २०८१ बैशाख १२ बुधबार

नबिल बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

kharibot

काठमाडौं  । नबिल बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री खुला गरेका छन् ।

यसमा नबिल बैंककै संस्थापक सेयरधनीले न्यूनतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै