• २०८१ बैशाख १२ बुधबार

नबिल बैंकको न्युरोड शाखा नियमविपरित बेसमेन्टमा, संरचना हटाउन बालेनको निर्देशन

kharibot

काठमाडौँ । काठमाडौँ महानगरले पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा नबिल बैंकले न्यूरोडमा शाखा कार्यालय राखेपछि संरचना हटाउन बैंकलाई निर्देशन दिएको छ ।

बुधबार न्युरोडमा महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले अनधिकृत रुपमा बनाइएको संरचना हटाउने क्रममा नबिल बैंकले पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा शाखा कार्यालय राखेको पाएपछि हटाउनका लागि निर्देशन दिएको हो ।

काठमाडौँ महानगरले अहिले नियमविपरितका संरचना हटाउने अभियान नै चलाएको छ । बुधबार नै महानगरले सुन्धारास्थित काठमाडौँ मल र न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको नियम विपरितका संरचना भत्काएको छ ।

काठमाडौँ महानगरले यस अघि काठमाडौँको बानेश्वरमा बनेका नियम विपरितका संरचना हटाएको थियो । यस अघि महानगरले ३५ दिने सूचना निकाल्दै नक्सा पास गर्दा उल्लेख भएका बाहेक अन्य संरचना हटाउन अनुरोध गरेको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले नियम विपरितका संरचनामा डोजर चलाउन शुरु गरेको छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै