• २०८१ बैशाख १३ बिहीबार

धौलागिरी लघुवित्तको आइपिओ बाँडफाँट

kharibot

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा लघुवित्तको शेयर बाँडफाँट भएको हो ।

लघुवित्तले साउन २४ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपिओ जारी गरेको थियो। लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो। सोही शेयर यस दिन बाँडफाँट गरिएको थियो ।

सो आइपिओमा परेको कुल आवेदनमध्ये १८ लाख ६४ हजार ६४० आवेदन स्वीकृत भएको छ भने १ हजार २८६ आवेदन अस्वीकृत भएको छ ।

माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो । स्वीकृत आवेदनमध्ये ३० हजार ९२९ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । सोमध्ये पनि भाग्यमानी ५ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै