• २०८१ बैशाख ४ मंगलबार

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुदै

kharibot

काठमाडौँ  । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने भएको छ ।

नेपाली सेनाका अनुसार २०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स-ब्यालेन्स नेल’ विगत सरह नै यस वर्ष उनन्चालिसौँ संस्करण नेपाल सरकार, रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र मित्रराष्ट्र अमेरिकी सेनाको टुकडीबीच हुने भएको हो ।

श्रावण ३१ गतेदेखि भाद्र ३१ गते सम्म संयुक्त अभ्यास ‘एक्स-ब्यालेन्स नेल २२-५५३०’ संचालन हुने नेपाली सेनाले जानकारी दिएको छ । यस अभ्यासमा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित हुने छन् ।

यस संयुक्त तालिम/अभ्यासमा ल अफ आर्म्ड कन्फ्लिट, मिल्ट्री डिसिजन मेकिंग प्रोसेस लगायतका विषयहरुमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्‍चालन गर्ने योजना रहेको छ ।

उक्त संयुक्त अभ्यासमा सहभागिताको लागि मित्रराष्ट्र अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकेटेलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्रीसहित सोमबार नेपाल आईपुगेको सेनाले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै