• २०८१ बैशाख ७ शुक्रबार

यु १५ महिला साफका लागि एन्फाले खुला छनोट गर्ने

kharibot

काठमाडौं । यु–१५ साफ महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिम बनाउन खुल्ला खेलाडी छनोट गर्ने भएको छ ।

एन्फाले सोमबार आफूअन्तर्गत गठित ४८ जिल्ला फुटबल संघलाई छनोटका लागि १५ वर्षमुनिका खेलाडीलाई पोजिसन अनुसार छनोट गर्न आग्रह गरेको हो । 

एन्फाले सन् २००७ जनवरी एकसम्म जन्ममिति भएका खेलाडीहरुले छनोटमा सहभागी हुन पाउने उल्लेख गरेको छ ।

एन्फाले भदौ दुई गतेदेखि १० गतेसम्म जिल्लास्तरीय छनोटमार्फत सम्बन्धित जिल्लाका प्रशिक्षकहरुले सोही दिनको साँझ एन्फामा छनोट भएका खेलाडीहरुको नामावली र फारम पठाउनु पर्ने जनाएको छ ।

यस्तै, भदौ १५ गतेदेखि १९ गतेसम्म पाँच दिनको प्रदेशस्तरीय छनोट हुने र २३ गतेदेखि २८ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रियस्तरको छनोट हुने जनाएको छ ।

यसपछि भदौ ३० गते प्रारम्भिक चरणमा ४० जना खेलाडीको नामावली प्रकाशन गर्ने र ३१ गतेदेखि प्रशिक्षण हुने तालिका छ । 

असोज सात गते ४० जनाबाट २५ जना खेलाडी छनोट गर्ने, १६ गतेदेखि २२ गतेसम्म दसैं विदा र २३ गतेदेखि २० दिनको प्रशिक्षण सुरु गर्ने एन्फाले तालिका सार्वजनिक गरेको छ ।

यद्यपि, मुख्य प्रशिक्षकको विषयमा भने एन्फाले कुनै निर्णय गरेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै