• २०८१ बैशाख ७ शुक्रबार

ओलीसँग त्रिपाठीले भने- ‘अहिले मसँग पार्टी छ, अब दुई पार्टीबीच तालमेल गरौं’

kharibot

काठमाडौं  । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । 

बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ । 

सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन् । ‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ,’ त्रिपाठीले ओलीसँग भने, ‘अहिले मसँग पार्टी छ । अब दुई पार्टीबीच तालमेल गरेर अघि बढ्दा उचित होला ।’ 

भेटमा एमाले र नेपाल समाजवादीबीच चुनावमा तालमेल गरेर अघि बढ्ने विषयमा छलफल भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै