• २०८१ बैशाख ७ शुक्रबार

कोरोना अपडेट– थप ८८८ जनालाई संक्रमण, एक जनाको मृत्यु

kharibot

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको अपडेट अनुसार ५७३७ जनामा परीक्षण गर्दा ८८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै ३१५५ जनाको नमुनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा र २५८२ जनाको नमुनाको एन्टिजेन परीक्षण गर्दा ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । 

योसँगै संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९ सय ८९ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ४७४ जना संक्रमित निको भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८७ रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै