• २०८१ बैशाख ८ शनिबार

ह्यारी केनले टोटनह्यामलाई चेल्सीविरुद्ध हारबाट बचाए

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी र टोटनह्याम बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा चेल्सीलाई टोटनह्यामले २-२ गोलको बराबरीमा रोकेको हो ।

२-१ गोल अन्तरले पछि परेको अवस्थामा टोटनह्यामका ह्यारी केनले खेलको ९६औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेर टोटनह्यामलाई हारबाट बचाएका थिए ।

यस अघि चेल्सीका लागि कालीडोउ कोउलीबाली र रीच जेम्सले एक एक गोल गरेका थिए भने टोटनह्यामका लागि पिएरे एमिली होजजेर्गले एक गोल गरेका थिए ।

यो बराबरीपछि टोटनह्याम र चेल्सी दुवैको २-२ खेलमा ४-४ अंक भएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै