• २०८१ बैशाख ७ शुक्रबार

डर्टमुन्डको पुनरागमन जित

kharibot

काठमाडौं । बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा फुटबलमा शुक्रबार राति फ्रेइवर्गमाथी पुनरागमन जित निकालेको छ ।

युरोपा पार्क स्टेडियममा डर्टमुन्डले १-० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको हो । 

डर्टमन्डको जितमा जेमी बेनो गेटेन्स, युसोउफा मौकाको र मारिअस वल्फले गोल गरे । फ्रेइवर्गका माइकल ग्रेगोरिट्सले सान्त्वना गोल गरे । लगातार  दोस्रो जितसँगै ६ अंक जोडेको डर्टमन्ड शीर्षस्थानमा रहेको छ ।

पहिलो हार बेहोरेको फ्रेइवर्ग तीन अंकसहित तेस्रो स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै