• २०८१ बैशाख ७ शुक्रबार

राजु श्रीवास्तव भेन्टिलेटर सपोर्टमा

kharibot

काठमाडौँ । बलिवुडका हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्य सुधारउन्मुख रहेको छ । भारतीय मिडियाका अनुसार राजुको शरीरमा हलचल देखिएको डाक्टरले बताएका छन् । ४८ घण्टामा पहिलो पटक उनले बिहीबार राति १० बजे खुट्टा मोडेका बताइएको छ । 

राजुका भतिजा मयङ्कका अनुसार बिहीबार राति ४८ घण्टापछि राजुले खुट्टा चलाएका थिए । यसैबीच, एम्स दिल्लीले पनि राति राति स्वास्थ्य बुलेटिनमा उनको स्वास्थ्यमा द्रुत सुधार भइरहेको जानकारी दिएको छ । उनलाई अहिले भेन्टिलेटर सपोर्टमा राखिएको राजुका पीआरओ गर्वन्त नारङले बताए । दिमागले अझै राम्रोसँग प्रतिक्रिया दिइरहेको छैन । 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजुकी पत्नी शिखालाई फोन गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

राजु बुधबार बिहान व्यायामका लागि जिम गएका थिए । अचानक छाती दुख्यो र बेहोस भएका थिए । उनलाई तत्कालै दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनलाई हृदयघात भएको पाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै