• २०८१ बैशाख ८ शनिबार

गोटाबायालाई अस्थायी बसोबासको लागि थाइल्याण्डले अनुमति दिने

kharibot

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटबाय राजापाक्षलाई थाइल्याण्डले कुनै समस्या नपुर्याउने शर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रुपमा थाइल्याण्डमा बस्न अनुमति दिएको छ । “श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डमा स्थायी शरण खोज्न अस्थायी रूपमा बस्नेछन्,” थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले भने ।

“यो मानवीय मुद्दा हो । हामीले यो अस्थायी बसाइ हो भनेर प्रतिज्ञा गरेका छौं । कुनै पनि राजनीतिक गतिविधिलाई अनुमति दिइएको छैन, र यसले उनलाई शरण लिनको लागि एक देश खोज्न मद्दत गर्दछ,” कोलम्बो गजेट र थाइल्याण्ड सञ्चारमाध्यमले चान–ओ–चालाई उद्धृत गरी लेखेको छ ।

थाइल्याण्डका विदेशमन्त्री डन प्रमुदविनाईले अपदस्थ राष्ट्रपति अझै पनि कूटनीतिक राहदानीधारी भएकाले ९० दिन थाइल्याण्डमा बस्न सक्ने बताएका छन् । “श्रीलङ्का सरकारले भ्रमणको विरोध गरेको छैन र थाई सरकारले उहाँको लागि आवासको व्यवस्था गरेको छैन ।”

प्रमुदविनाईले भने, “कार्यवाहक राष्ट्रपति रानिल विक्रमासिंघेले सत्तामा रहँदा आफ्ना लागि काम गरेकाले यो भ्रमणले कोलम्बोसँग द्वन्द्व निम्त्याउने छैन । कोलम्बो गजेटका अनुसार मन्त्रीले राजापाक्षको बसाइले थाइल्याण्डका लागि समस्या सिर्जना गर्न नहुने शर्त रहेको बताए । 

माल्दिभ्सपछि थाइल्याण्ड दोस्रो दक्षिणपूर्वी एसियाली देश हुनेछ, जहाँ राजापाक्षले गत महिना आफ्नो टापु राष्ट्रबाट भागेर अस्थायी शरण लिएका छन् । यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षेको भिसा मान्य नभएपछि आगामी अगष्ट ११ मा सिङ्गापुरबाट बैंकक जाने कार्यक्रम तय भएको थियो । माल्दिभ्सबाट गत महिना सिङ्गापुरको चांगी विमानस्थलमा आइपुग्दा पूर्वराष्ट्रपति लाई १४ दिने भ्रमण पास दिइएको थियो  तर पछि यसलाई बढाएर थप दुई हप्ताका लागि बस्न अनुमति दिएको थियो ।

श्रीलङ्काको संसद्का सभामुख महिन्दा यापा आबेवर्दनाले गत जुलाई १५ मा राजापाक्षेको राजीनामा घोषणा गरेका थिए । राजापाक्षेको राजीनामापछि रानिल विक्रमासिंघेले जुलाई २१ मा श्रीलङ्काको संसद्मा प्रधानन्यायाधीश जयन्था जयसूर्यासमक्ष राष्ट्रपतिपदको शपथ लिएका थिए । 

यसैबीच राजापाक्षले बिहीबार नै सिङ्गापुरबाट थाइल्याण्ड भ्रमणका लागि प्रस्थान गरेको बताइएको छ । उनलाई थाइल्याण्डले भ्रमण अनुमति दिएपनि यो छोटो अवधिका लागि भएको थाई अधिकारीले बताएका छन् ।  यसैबीच राजापाक्षले बिहीबार नै सिङ्गापुरबाट थाइल्याण्ड भ्रमणका लागि प्रस्थान गरेको बताइएको छ । उनलाई थाइल्याण्डले भ्रमण अनुमति दिएपनि यो छोटो अवधिका लागि भएको थाई अधिकारीले बताएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै