• २०८१ बैशाख ११ मंगलबार

कोरोना अपडेट– एकैदिन ५ जनाको मृत्यु, थप ८१५ जनालाई संक्रमण

kharibot

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९ सय ८२ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ४ हजार ५ सय २४ जनामा परीक्षण गर्दा ८ सय १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै २ हजार ४ सय ११ जनाको नमुनाको पीसीआर परीक्षण गर्दा ४ सय ६५ जनामा र २ हजार एक सय २३ जनाको नमुनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ७६ जना संक्रमित निको भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै