• २०८१ बैशाख ७ शुक्रबार

अभिनेत्री शिल्पा शेट्टीको देब्रे खुट्टा भाँचियो

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टीको देब्रे खुट्टा भाँचिएको छ । शिल्पा शेट्टीले अस्पतालबाट आफ्नो तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जसमा उनी ह्वील चेयरमा बसेकी देखिन्छिन् । शिल्पाको आगामी वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङका ​​क्रममा उनको खुट्टा भाँचिएको छ ।

शिल्पा शेट्टीले अस्पतालबाट आफ्नो तस्बिर सेयर गर्दै लेखेकी छिन्, "भनिन्छ रोल, क्यामेरा, एक्सन र 'ब्रेक ए लेग'। मैले यो कुरालाई गम्भीरतापूर्वक लिएँ । म ६ हप्तादेखि एक्सनबाट बाहिर छु, तर चाँडै नै हुनेछु । अझ बलियो र राम्रोसँग फर्किनेछु ।'

रोहित शेट्टीद्वारा निर्देशित यो सिरिजमा शिल्पा शेट्टीका अलावा सिद्धार्थ मल्होत्रा, विवेक ओबेरोय र निकितिन धीर पनि मुख्य भूमिकामा छन्। एक दिन अघि, शिल्पा शेट्टीले श्रृंखलाको एक एक्सन सिक्वेन्सको शूटिंगको बिटिएस भिडियो साझा गरेकी थिइन् । जसमा उनी गुण्डालाई कुटेको देखिएकी छिन् । यस भिडियोमा सिद्धार्थ पनि एक्सन मोडमा देखिएका छन् ।

योसँगै रोहित शेट्टी यो एक्सन सीनलाई आफ्नै शैलीमा निर्देशन गर्दैछन् । 'इण्डियन पोलिस फोर्स' रोहित शेट्टीको निर्देशनमा बनेको ओटीटी डेब्यु सिरिज हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै