• २०८१ बैशाख ८ शनिबार

कोरोना अपडेट- ३ जनाको मृत्यु, थप ८६८ जनालाई संक्रमण

kharibot

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९ सय ७७ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ६ हजार ७ सय ५ जनामा परीक्षण गर्दा ८ सय ६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै ३ हजार ६ सय १४ जनाको नमुनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जनामा र ३ हजार ९१ जनाको नमुनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ सय १४ जना संक्रमित निको भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ पुगेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै