• २०८१ बैशाख ८ शनिबार

खानेपानी तथा सरसफाइसम्बन्धि विधेयक स्वीकृत

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए । सांसदहरुले उठाएका जिज्ञासामा मन्त्री चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यस विधेयकमा प्रबन्ध गरिएको बताए ।

उनले विगतमा जलस्रोत ऐनअन्तर्गत नै खानेपानीको समग्र प्रणाली सञ्चालनमा हुने गरेको यथार्थ पेस गर्दै अब भने खानेपानीको सम्बन्धमा स्पष्ट नीति तथा कानुनको प्रबन्ध हुने विश्वास व्यक्त गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै