• २०८१ बैशाख १३ बिहीबार

नितिश कुमारले आठौँ पटक विहारको मुख्यमन्त्रीको शपथ

kharibot

काठमाडौँ । बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज बुधबार पुनः मुख्यमन्त्रीको शपथ लिएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए । 

नितिशले विपक्षी दलहरुको सहयोगमा आठौ पटक मुख्यमन्त्रीको शपथ लिएका हुन् ।  त्यस्तै आजै राष्ट्रिय जनता दल नेता तेजश्वी यादवले उपमुख्यमन्त्रीको शपथ लिएका छन् ।

मुख्यमन्त्रीको शपथ पछि छिटै मन्त्रिमण्डल गठन गरिने नितिश कुमारले जानकारी दिएका छन् ।  

२४३ सदस्यीय बिहार बिधान सभामा लालु यादवको राष्ट्रिय जनता दलको ७९, भाजपाको ७७, नितिशको पार्टी जेडियुको ४५, कांग्रेसको १९ र कम्युनिष्ट पार्टीको १२ सिट रहेको छ । 

९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै