• २०८१ बैशाख १३ बिहीबार

हास्यकलाकार राजु श्रीवास्तवलाई हृदयघात

kharibot

काठमाडौँ । भारतीय हास्यकलाकार तथा भाजपा नेता राजु श्रीवास्तव बुधबार जिममा कसरत गर्ने क्रममा अचानक बेहोस भएका छन् । यसपछि उनलाई दिल्ली एम्समा भर्ना गरिएको छ । यसको पुष्टि गर्दै उनका भाइले आफूलाई हृदयघात भएको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

राजु श्रीवास्तव बुधबार बिहान काम गर्ने क्रममा अचानक ट्रेडमिलमा ढलेका थिए । त्यसपछि उनलाई दिल्लीको एम्समा लगियो । अस्पतालबाट हालसम्म कुनै जानकारी आएको छैन ।

राजु श्रीवास्तव भाजपा नेता र उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष हुन् । नोएडामा फिल्म सिटी स्थापना गर्न उत्तर प्रदेश सरकारको तर्फबाट उनले प्रमुख भूमिका निर्वाह गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै