• २०८१ बैशाख १३ बिहीबार

वृद्धहरूको हेरचाहमा नेदरल्याण्ड सबैभन्दा अगाडी

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । नेदरल्याण्डले वृद्धहरूको हेरचाह गर्ने सन्दर्भमा संसारमा सबैभन्दा बढी खर्च गर्छ । २०१९ मा, नेदरल्याण्ड्सले आफ्नो जीडीपीको ४ प्रतिशत र डेनमार्कले ३.५ प्रतिशत वृद्धहरूको हेरचाहमा खर्च गरेको थियो । यो खर्च सन् २०५० सम्म दोब्बर हुनसक्ने बताइएको छ ।

नेदरल्यान्ड्स सरकारले खर्च कटौती गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल अपनाइरहेको छ । नेदरल्याण्ड्सका खेलकुद मन्त्री कोनी हेल्डरले अब वृद्धहरूले आफ्नो हेरचाह गर्न आफैमा भर पर्नु पर्ने बताउँछन् ।

यसका लागि सरकारले एयरब्यागसहितको बेल्ट र ‘स्मार्ट फ्लोर’ जस्ता ग्याजेटहरू प्रयोग गर्न सुझाव दिएको छ । यसबाट थाहा पाउन सकिन्छ कि मानिस भुइँमा लड्न लागेको छ । यस अवस्थामा, हिप फ्र्याक्चरको जोखिम ७० प्रतिशतसम्म कम हुन्छ ।

यसबाहेक, डेनमार्कको अस्पतालबाट डिस्चार्ज भएका वृद्धहरूलाई उनीहरूको दैनिक काम पुनः सुरु गर्न प्रशिक्षण दिने जस्ता कुराहरू पनि समावेश छन् ।

यसमा नर्सहरूसँग भिडियो कलहरू समावेश छन् । ताकि कुनै पनि आपतकालिन अवस्थामा, वृद्धहरु आफैले चिकित्सा सल्लाह लिन सक्षम हुनेछन् । यसले हेरचाह गर्ने कार्यकर्ताहरूको संख्या पनि ४० प्रतिशतले घटाउने अनुमान गरिएको छ ।

नेदरल्याण्डमा ७५ वर्ष वा सोभन्दा माथिका व्यक्तिको संख्या २०४० सम्ममा दोब्बरले २५ लाख पुग्नेछ । हार्वर्ड मेडिकल स्कूलका डेभिड ग्राबोस्की भन्छन्, वृद्धवृद्धाहरूको संख्या मात्र बढेको छैन, तर उनीहरूको हेरचाह गर्ने व्यक्तिहरू पनि बुढो हुँदै गएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै