• २०८१ बैशाख ७ शुक्रबार

सेरेना विलियम्सले सन्यास लिदै !

kharibot

काठमाडौँ । भेट्रान टेनिस खेलाडी सेरेना विलियम्सले सन्यास लिने भएकी छन् । २३ ग्राण्ड स्लाम विजेता अमेरिकी टेनिस खेलाडी सेरेनाले आफु टेनिसबाट टाढिदै गएको बताउदै सन्यास लिने संकेत गरेकी हुन् ।

उनले सामाजिक संजालमा आफ्नो काउनडाउन शुरु भएको उल्लेख गरेकी छन् । तर उनले आफ्नो सन्यास कहिले घोषणा गर्छिन भन्ने बारेमा भने उल्लेख गरेकी छैनन् । उनले भोग म्यागजिनको सेप्टेम्बरको कभरमा समेत आउदै गरेकी सेरेनाले आउदो अगस्त २९ देखि सेप्टेम्बर ११ सम्म हुने युएस ओपनपछि सन्यासको घोषणा गर्ने अनुमान गरिएको छ ।

टेनिसको ओपन इरामा सबैभन्दा बढी सिंगल उपाधि जितेकी सेरेनाले अल टाइम उपाधि विजेतामा मार्गरेट कोर्टको २४ उपाधि पछि सेरेना दोस्रो रहेकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै