• २०८१ बैशाख ६ बिहीबार

केन्या टुरमा जाने नेपाली क्रिकेट टिमको घोषणा, ज्ञानेन्द्रको पुनरागमन

kharibot

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्याविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित शाहब आलम र विवेक यादवले पनि पुनरागमन गरेका छन् ।

त्यसैगरी विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । त्यस्तै यस सिरिजमा कुशल भुर्तेल र विनोद भण्डारी भने राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।

त्यसैगरी क्यानले जितेन्द्र मुखिया, भिम सार्की, प्रतिश जिसी र हरिशंकर शाहलाई रिजर्भमा राखेको छ । 

नेपालले केन्यामा गएर २५ अगस्तदेखि सेप्टेम्बर ५ सम्म टी–२० तथा एकदिवसीय  सिरिज खेल्ने छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै