• २०८१ बैशाख ८ शनिबार

कोरोना अपडेट: थप १०९० जनालाई संक्रमण, २ जनाको मृत्यु

kharibot

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ६३०० जनामा परीक्षण गर्दा १०९० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै २९५८ नमुनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र ३३४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमित निको भएका छन् ।  

योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ११ हजार ९७४ जनाको मृत्यु भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै