• २०८१ बैशाख १३ बिहीबार

सर्च इन्जिन गुगलमा समस्या

kharibot

काठमाडौँ । सर्च इन्जिन गुगलमा संसारका धेरै देशहरूमा आज समस्या आएको छ ।

आउटेज ट्र्याकिङ वेबसाइट Downdetector.com का अनुसार, विश्वभर ४० हजारभन्दा बढी प्रयोगकर्ताहरूले समस्याको सामना गरिरहेका थिए । बेलायत, अष्ट्रेलिया र सिंगापुरका मानिसहरूले पनि गुगल खोज इन्जिनमा समस्याहरू रिपोर्ट गरेका थिए । नेपालमा पनि कयौं प्रयोगकर्ताहरुलाई इरर देखाएको थियो ।

हालसम्म  गुगलले यस विषयमा कुनै जानकारी दिएको छैन ।

गुगलमा सर्च गर्दा प्रयोगकर्ताले ५०० एरर म्यासेज देखिरहेका थिए । मानिसहरूले यसको स्क्रिनसट लिएर कम्पनीलाई रिपोर्ट पनि गरेका छन् । तर, कम्पनीको जवाफ भनेदिएको छैन । 

प्रयोगकर्ताले गुगल डाउन भएको गुनासो गर्न थाले पनि आधा घण्टामै समस्या कम हुन थालेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै