• २०८१ बैशाख १२ बुधबार

आठ महिनापछि हुम्लामा कोरोना सङ्क्रमित भेटिए

kharibot

प्रतिनिधि तस्बीर

सिमकोट । कोरोना सङ्क्रमणमुक्त भएको हिमाली जिल्ला हुम्लामा झण्डै आठ महिनापछि एक जनामा सङ्क्रमण देखिएको छ ।

लामो समयदेखि कोरोना सङ्क्रमित शून्य भएको जिल्लामा सोमबार एक पुरुषमा पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । 

सिमकोट गाउँपालिका–५ का ५० वर्षीय एक पुरुष जिल्ला अस्पताल हुम्लामा उपचारका आउँदा शङ्का लागेर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाका भक्ति फडेराले बताए । 

सङ्क्रमित बिरामीलाई अहिले आइसोलेसनमा राखिएको जानकारी प्राप्त भएको छ । यसअघि पुस महिनामा जिल्ला अस्पताल हुम्लाकै स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै