• २०८१ बैशाख १४ शुक्रबार

एलेक्सिस सान्चेजले इन्टर मिलानसँग सम्झौता तोडे

kharibot

काठमाडौँ । चिलीका ३३ बर्षिय स्ट्राइकर एलेक्सिस सान्चेजले इन्टर मिलानसँग आफ्नो सम्झौता तोडेका छन् । सान्चेजले फ्रेन्च लिग वान क्लब मार्सेलीमा खेल्न इन्टर मिलानसँगको आफ्नो सम्झौता तोडेका हुन् ।

इन्टर मिलानमा नियमित खेल्ने अवसर नपाएपछि लामो समयदेखि सान्चेजले क्लब छोड्ने चर्चा थियो ।

सान्चेजले आउने केहि दिनमा नै मार्सेलीसँग सम्झौता गर्ने खेलाडी ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले उल्लेख गरेका छन् । सान्चेजले मार्सेलीसँग २०२४ को जुनसम्म सम्झौता गर्ने तयारी गरेका छन् ।

म्यानचेस्टर युनाइटेडबाट २०१९ मा इन्टर मिलान गएका सान्चेजले इन्टरमा १०९ खेल खेल्दै २० गोल गरेका छन् । यस अवधिमा इन्टर मिलानले २०२०-२१ सिजनको सिरी ए उपाधि जितेको थियो भने २१-२२ को कोपा इटालिया, २०२१ को सुपर कोपा इटालियाको उपाधि जितेको थियो ।

सान्चेजले यस अघि बार्सिलोनामा तीन सिजन, आर्सनलमा चार सिजन र म्यानचेस्टर युनाइटेडमा दुई सिजन खेलेका छन् ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै