• २०८१ बैशाख ११ मंगलबार

नासाले पत्ता लगायो पृथ्वीभन्दा ४ गुणा ठूलो सुपर अर्थ

kharibot

काठमाडौँ । वैज्ञानिकहरू प्रायः अन्तरिक्षमा पृथ्वीजस्ता ग्रहहरूको खोजी गरिरहन्छन् । हालै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा ग्रह पत्ता लगाएको छ जसको पिण्ड पृथ्वीको भन्दा ४ गुणा ठुलो छ । यो हाम्रो आकाशगंगाको बाहिरी भागमा अवस्थित छ । वैज्ञानिकहरूले यसलाई ‘रोस ५०८ बी’ नाम दिएका छन् । यद्यपि यसलाई ‘सुपर अर्थ’ पनि भनिएको छ ।

पृथ्वी ग्रहबाट ३७ प्रकाश वर्ष टाढा

हाम्रो सौर्यमण्डल बाहिरका ग्रहहरूलाई एक्सोप्लानेटस् भनिन्छ, त्यसैले रोज ५०८ बि पनि एक एक्सोप्लानेट्स हो । यो पृथ्वीबाट ३७ प्रकाश वर्ष टाढा अवस्थित छ । नासाका अनुसार यसले एउटा ताराको परिक्रमा गर्छ जसको पिण्ड सूर्यको एक-पाचौं भाग हो ।

यो ताराको नाम रेड ड्वार्फ हो । यो हाम्रो सूर्यभन्दा धेरै चम्किलो रातो रङ, चिसो र मधुरो उज्यालो रहेको छ । सुपर अर्थले यसलाई ५० लाख किलोमिटर टाढाबाट परिक्रमा गर्छ । यससँगै यदि हाम्रो सौर्यमण्डलको कुरा गर्ने हो भने पहिलो ग्रह बुध पनि सूर्यबाट ६ करोड किलोमिटर टाढा रहेको छ । यस्तो अवस्थामा यो ग्रहमा जीवन सम्भव छ कि छैन भन्ने प्रश्न उठेको छ ।

एक्सोप्लानेट्समा ११ दिन एक वर्ष

रोज ५०८ बि र रातो रेड डावर्फबीचको दूरी धेरै छोटो भएकोले, यो ताराको परिक्रमा गर्न एक्सोप्लानेटलाई १०.८ दिन मात्र लाग्छ । अर्थात् यहाँ एक वर्ष ११ दिन बराबर हुन्छ । पृथ्वीमा एक वर्ष ३६५ दिन बराबर हुन्छ । रोज ५०८ बि जापानको सुबारु रणनीतिक कार्यक्रमले पत्ता लगाएको पहिलो एक्सोप्लानेट हो । यसलाई सुबारु टेलिस्कोपको सहायताले देखिएको हो । यसको प्रविधि जापानको एस्ट्रोबायोलोजी सेन्टरले विकास गरेको हो ।

एक्सोप्लानेटमा जीवन सम्भव छ ?

नासाका अनुसार रोज ५०८ बि को सतह पृथ्वीभन्दा बढी चट्टानी हुन सक्छ । यसको कक्षा अण्डाकार छ, यसको मतलब यो सधैं तारादेखि समान दूरीमा छैन । वैज्ञानिकहरूका अनुसार यस्तो ग्रह आफ्नो सतहमा पानी राख्न सक्षम हुन सक्छ । यद्यपि, पानी वा जीवन वास्तवमा सम्भव छ या छैन भन्ने कुरा थप अनुसन्धान आवश्यक रहेको नासाले बताएको छ ।
  
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै