• २०८१ बैशाख ११ मंगलबार

हालाण्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटीले प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा दुवै गोल एर्लिंग हालाण्डले गरेका हुन् । हालाण्डले पहिलो गोल खेलको ३६औँ मिनेटमा पेनाल्टीबाट गरेका थिए भने दोस्रो गोल खेलको ६५औँ मिनेटमा गरेका थिए ।

सिटीका लागि प्रिमियर लिग डेभ्यु समेत गरेका हालाण्डले दुई गोल गर्दै नयाँ क्लबमा शानदार शुरुवात गरेका छन् ।

यो जितपछि म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । सिटीले अब अर्को खेल अगस्त १३ मा बोर्नमाउथविरुद्ध खेल्दै छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै