• २०८१ बैशाख १३ बिहीबार

बिना कपडा नाङ्गो हिड्ने सकिने कानुन भएका यी देश

kharibot

काठमाडौँ । पछिल्ला साता बलिवुड सुपरस्टार रणबीर सिंहले नाङ्गो फोटोसुट गरेको विषयले पुरै फिल्म उद्योग नै तरंगित बन्यो । नग्नता विश्वका धेरै देशहरुमा गैह्रकानुनी रहेको छ । तर विश्वका यस्ता केहि देश र शहर छन्, जसमा नग्नता कानुनी रहेको छ । यी देशहरू या शहरको बीच वा सडकमा पनि नग्न जोडीहरू घुमिरहेका देखिन्छन् ।

संसारका केहि देश र शहरहरू छन् जहाँ बिना कपडा घुम्न सकिन्छ । यी देशहरूमा नग्नता कानुनी भए पनि सार्वजनिक स्थानमा नग्नता हुँदा केही नियमहरू भने पालना गर्नुपर्ने हुन्छ ।

फ्रान्स: 

फ्रान्सको क्याप डी एड्ज शहर सबैभन्दा लोकप्रिय हनिमून गन्तव्यको रूपमा चिनिन्छ र यहाँ तपाईं जिमबाट रेस्टुरेन्ट वा समुद्र तटमा कपडा बिना जान सक्नुहुन्छ । भूमध्यसागरीय तट नजिकै अवस्थित यस शहरलाई हनिमून जोडीहरूको प्रमुख रोजाई हुने गरेको छ । यहाँका सुन्दर समुद्र तटहरूमा मात्र होइन, बैंक, सुपरमार्केट र रेस्टुरेन्टहरूमा पनि तपाईले प्रायः कपडा बिना मानिसहरूलाई देख्न सक्नुहुन्छ ।

स्पेन: 

स्पेनमा पनि नग्नता कानुनी छ । यहाँको बीचमा, जंगल, पार्क र सडकहरू बिना कपडा घुम्न सकिन्छ । स्पेनलाई सार्वजनिक नग्नताको सन्दर्भमा सबैभन्दा खुला विचार मानिन्छ । यति मात्र होइन, सार्वजनिक स्थानमा पनि यौनसम्पर्क गर्न पाउँछन्, उनीहरुको वरिपरि बच्चा नहोस् भन्ने अवस्था मात्रै रहेको छ ।

नेदरल्याण्ड: 

नेदरल्याण्डमा कपडा बिना हिड्नु कानुनी छ । तपाईं केवल नग्न भएर कुनै अनौठो काम गर्न सक्नुहुन्न । यहाँ यौन शिक्षादेखि वेश्यावृत्तिसम्मका उदार नियमहरू छन् ।

क्रोएसिया: 

क्रोएसियामा सार्वजनिक नग्नता पनि कानुनी छ र केही अवसरहरूमा मानिसहरू समूहमा कपडा बिना देखिने गरेका छन् । यहाँ धेरै ठाउँमा नग्न हुने घटना हुने गर्दछ ।

अमेरिका:

अमेरिकाको फ्लोरिडास्थित मिआमी बीच विश्वमै चर्चित छ । यस बीचलाई न्यूड बीच पनि भनिन्छ । यस ठाउमा बिना कपडा सार्बजनिक स्थानमा हिड्न सकिन्छ । 

त्यस्तै जर्मनीमा केही शहरहरु नग्न क्षेत्र रहेका छन् । यहाँ मानिसहरू बिना लुगा घुम्छन् । म्युनिख शहरमा नग्नता कानुनी रहेको छ । जर्मनमा ६ ठाउ आधिकारिक रुपमा 'अर्बान नेकेड जोन' घोषणा गरिएको छ ।  
           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै