• २०७९ असोज १४ शुक्रबार

 गैरआवासीय नेपाली संघको समाचार संयोजकमा चिरन शर्मा

kharibot

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समाचार संयोजकमा चिरन शर्मा मनोनित भएका छन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्य दल) समितिले सो जिम्मेवारी दिएको हो । संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समितिलाई आइतबार विस्तार गरेका हुन् । समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशनसम्बन्धी नीतिगत विषयमा सुझाव दिने मुख्य कार्य हुनेछ । 

प्रवक्ताद्धय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा चार जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् ।

समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् ।

समितिमा एक दर्जन पत्रकारलाई समाचारविज्ञको रुपमा समेटिएको छ । गैरआवासीय नेपाली संघका महासचिवद्धय गौरीराज जोशी र केशव पौडेलको विभागअन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिसमा उपमहासचिवद्धय रामशरण सिम्खडा र  नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरन्जिवी खड्काले जानकारी दिए । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय