• २०८१ बैशाख ७ शुक्रबार

झापामा साइकलबाट लडेर एक जनाको मृत्यु

kharibot

झापा । झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन् । आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते भएका गणेशलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै