• २०८१ बैशाख ७ शुक्रबार

१० अंकले बढ्यो सेयर बजार 

kharibot

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार १० अंकको वृद्धि भएको छ ।

नेप्से परिसूचक १०.२७ बिन्दुले बढेर २१२३.८२ को बिन्दुमा बजार बन्द भएको छ । आज दिनभर दुई अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भयो ।

बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०।७५ र ब्यापार उपसमूह ३८ अंक बढे ।जीवन बीमा भने चार अंक घट्यो। कुल ११८ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने ३ को स्थिर रह्यो । 

मनकामना स्मार्ट लघुवित्तको मूल्य १०, तेह्रथुम पावरको ९.६ तथा उपकार लघुवित्तको मूल्य ९.१ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, फरवार्ड माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै