• २०८१ बैशाख ८ शनिबार

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु

kharibot

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । 

प्रतिनिधिसभाको जारी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ । 

अहिलेसम्म सो छलफलमा खगराज अधिकारी, पुष्पकुमारी कर्ण कायस्थ, महेश बस्नेत, निरुदेवी पाल  डा सूर्यप्रसाद पाठक, चाँदतारा कुमारी, घनश्याम खतिवडा छलफलमा सहभागी भइसकेका छन् । 

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा सहभागी सबै सांसदहरुले ढिलोगरी छलफल गरिएकोप्रति आपत्ति जनाए । 

मौजुदा संसदको आयुले महाअभियोग प्रस्तावको किनारा लगाउन पर्याप्त समय नभएको उनीहरुको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै