• २०८१ बैशाख १३ बिहीबार

प्रिमियर लिगमा बोर्नमाउथ, लिड्स र न्यूक्यासलको विजयी शुरुवात

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगमा बोर्नमाउथ, लिड्स युनाइटेड र न्यूक्यासल युनाइटेडले विजयी शुरुवात गरेका छन् ।  

शनिबार सम्पन्न यस सिजनको पहिलो खेलमा बोर्नमाउथ, लिड्स युनाइटेड र न्यूक्यासल युनाइटेडले आ-आफ्नो खेल जितेर सिजनको सुखद शुरुवात गरेका हुन् ।

बोर्नमाउथले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै लिड्स युनाइटेडले वोल्भरहम्पटनलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यसैगरी न्यूक्यासल युनाइटेडले नोटिङघम फोरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
            

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै