• २०८१ बैशाख ८ शनिबार

बुण्डेसलिगामा बायर्नको शानदार शुरुवात, फ्रान्कफोर्टको पोष्टमा ६ गोल

kharibot

काठमाडौँ । जर्मनीको बुण्डेसलिगामा बायर्न म्युनिखले शानदार शुरुवात गरेको छ । गएराती सिजन शुरुवातको पहिलो खेलमा बायर्न म्युनिखले एनट्रान्च फ्रान्कफर्टलाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।

बायर्नको फराकिलो जितमा जमल मुसिआलाले २ गोल गरेका थिए भने जोशुवा किमिच, बेन्जामिन पाभार्ड, साडियो माने र सेर्गी ग्नाब्रीले एक एक गोल गरेका थिए ।

त्यस्तै फ्रान्कफर्टका लागि एक सान्त्वना गोल रानडाल कोलो मुआनीले गरेका थिए ।

योसँगै जर्मनी च्याम्पियन बायर्नले सिजनको उत्कृष्ट शुरुवात गरेको छ र ३ अंक हासिल गरेको छ ।

बायर्नले अब अर्को खेल अगस्त १४ मा वोल्फ्सबर्गविरुद्ध खेल्दै छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै