• २०८१ बैशाख १२ बुधबार

पेलोसीको ताइवान भ्रमणपछि चीनद्वारा अमेरिकासँगको जलवायु, सैन्यसम्बन्ध निलम्बन

kharibot

बेइजिङ । अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई देखाउँदै जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागुऔषध विरोधी प्रयासका विभिन्न विषयमा संयुक्तराज्य अमेरिकासँगको वार्तालाई तत्कालका लागि निलम्बन गरेको चीनले शुक्रबार बताएको छ ।

बेइजिङ र वासिङ्टनबीचको सम्बन्धमा तनाव आइरहेका समय यो घोषणा गरेको हो । 

चीनले सभामुख पेलोसीलाई ताइवानलाई महत्व दिएर ‘एक चीन नीतिविरूद्ध’ भ्रमण नगर्न दिएको सुझाबलाई उल्लङ्घन गरेमा यसको सशक्त प्रतिकार गर्ने बताएअनुसार अमेरिकासँग माथि उल्लेखित बिषयमा गरिरहेको सहकार्यलाई निलम्बन गर्ने बताएको हो । 

चीनले ताइवानको तट नजिकैको छ क्षेत्रमा बिहीबार चेतावनीस्वरूप सैन्य अभ्यास सुरु गरेको थियो जुन आइतबारसम्म चल्नेछ ।

ताइवानी प्रतिरक्षा अधिकारीहरूले सञ्चार माध्यमलाई बताएअनुसार ताइवानमाथि पनि चिनियाँ क्षेप्यास्त्र प्रहार गरिएको उल्लेख छ । चीनले विदेशी सरकारहरूलाई चीनको अनुमतिबिना स्वतन्त्ररूपमा ताइवानसँग सम्बन्ध नबडाउन आग्रह गर्दै आएको छ । पेलोसी भ्रमणप्रति चीनको प्रतिक्रिया असामान्य देखिएको छ । 

चीनको परराष्ट्र मन्त्रालयले सैन्य सामुद्रिक सुरक्षाका विषयमा वार्तासँगै अमेरिका र चिनियाँ क्षेत्रीय कमाण्डर र रक्षा विभाग प्रमुखबीचको वार्ता रद्द गरिने बताएको छ ।

अवैध आप्रवासीलाई फिर्ता गर्ने, आपराधिक अनुसन्धान, पारराष्ट्रिय अपराध, अवैध लागुऔषध र जलवायु परिवर्तन सम्बन्धमा सहकार्य गर्ने सहमति निलम्बन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ । 

पेलोसीले ‘चीनको बलियो विरोध र गम्भीर प्रतिनिधित्वको उपेक्षामा’ ताइवान भ्रमण गरेकोले यो कार्य गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

चीनले चीनको सार्वभौमिकतामाथि आक्रमण गरेको आरोप बाइडेन प्रशासनलाई लगाएको छ । यद्यपि, पेलोसी अमेरिकी सरकारको सभामुख भएकोले उनको भ्रमण रोक्ने कुनै अधिकार चीनलाई थिएन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै