• २०८१ बैशाख ८ शनिबार

भारतले जित्यो यू-२० साफ च्याम्पियनसिपको उपाधि

kharibot

काठमाडौं । भारतले यू-२० साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा भारतले बंगलादेशलाई ५-२ गोल अन्तरले पराजित गर्दै यू-२० साफ च्याम्पियनसिपको उपाधि जितेको हो । 

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले २-२ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलाइएको थियो ।  अतिरिक्त समयमा भारतले थप ३ गोल गरेपछि खेल ५-२ ले जितेको थियो । 

योसँगै भारतले बंगलादेशसँग यस  अघि समुह चरणमा २-१ को हारको बदला समेत लिएको छ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका थिए । 

पहिलो पटक यु-२० आधारमा आयोजना भएको साफ च्याम्पियनसिप यस अघि यू-१९ र यू-१८ आयोजना हुदै आएको थियो । 

भारत प्रतियोगिताको साविक विजेता समेत हो । नेपालमा सन् २०१९ मा आयोजना भएको यु-१८ साफमा भारतले बंगलादेशलाई नै २–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । 

त्यस अघि सन् २०१५ र १७ मा यु १८ र यु १९ आधारमा भएको प्रतियोगिताको दुबै उपाधि नेपालले जितेको थियो । 

भारतमा जारी प्रतियोगितामा बंगलादेश चार खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनलमा पुगेको थियो भने भारत एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै