• २०८१ बैशाख ४ मंगलबार

अन्तरिक्ष पर्यटन: ब्लू ओरिजिनले ६ जनालाई अन्तरिक्षको यात्रा गरायो

kharibot

काठमाडौँ । अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले बिहीबार अन्तरिक्ष पर्यटनका लागि ६ जनालाई अन्तरिक्षमा पठाएको छ ।

कम्पनीको नयाँ शेपर्ड अन्तरिक्ष यान टेक्सासको लन्च साइट वनबाट उडेको थियो । यो अन्तरिक्ष यानले यात्रुहरूलाई पृथ्वीबाट १०७ किलोमिटर उचाइमा पुर्यायो र त्यसपछि त्यहाँबाट प्यारासुटमार्फत मानिसहरू पृथ्वीमा फर्किए ।

यो अन्तरिक्ष मिसनले १० मिनेट २० सेकेन्ड मात्र लिएको थियो । यस अवधिमा अन्तरिक्षयानको अधिकतम गति २,२३९ माइल प्रतिघण्टा अर्थात् ३,६०३ किलोमिटर प्रतिघण्टा थियो ।

यो उडानसँगै ब्लू ओरिजिनले नयाँ विश्व कीर्तिमान पनि बनाएको छ । पहिलो पटक इजिप्ट र पोर्चुगलका मानिसहरु अन्तरिक्ष पर्यटनको हिस्सा बनेका छन् । इन्जिनियर सारा साबरी पहिलो इजिप्टियन र व्यवसायी मारियो फरेरा अन्तरिक्षमा जाने पहिलो पोर्चुगिच बनिन् ।

अन्तरिक्ष यात्रामा युट्युब च्यानल ड्युड परफेक्टका सह-संस्थापक कोबी कटन, बेलायती-अमेरिकी पर्वतारोही भेनेसा ओ'ब्रायन, टेक्नोलोजी लीडर क्लिन्ट केली थर्ड र टेलिकम्युनिकेसन्सका कार्यकारी स्टिभ यंग पनि थिए ।

नयाँ शेपर्ड अन्तरिक्ष यानमा रकेट र क्याप्सुल हुन्छ । क्याप्सुल रकेटबाट उठ्छ । यस पछि, क्याप्सुल पृथ्वीमा अवतरण सम्मको समय १०-११ मिनेट रहेको छ । यस अवधिमा अन्तरिक्ष यात्रीहरूले केही समय हल्का महसुस गर्छन् ।

प्यारासुटमार्फत क्याप्सुल अवतरण हुनु केही मिनेट अघि रकेट अवतरण हुन्छ । यसमा विशेष कुरा के छ भने रकेट र क्याप्सुल पुन: प्रयोगयोग्य रहेका छन् । यो रकेटले स्पेसएक्सको फाल्कन ९ अर्बिटल रकेट जस्तै काम गर्छ ।

क्वार्ट्जको रिपोर्ट अनुसार, ब्लू ओरिजिनको स्पेसक्राफ्टको टिकटको मूल्य १२.२५ मिलियन डलर रहेको छ । त्यो रिचर्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालेक्टिकको टिकट मूल्यभन्दा बढी हो ।

ब्लू ओरिजिनले अहिलेसम्म ६ पटक मानिसलाई अन्तरिक्ष यात्रा गराएको छ । यसरी कम्पनीले अहिलेसम्म ३१ जनालाई अन्तरिक्ष यात्रा गराएको छ । ब्लू ओरिजिनले गत वर्ष जुलाईमा बेजोससहित तीन जनालाई अन्तरिक्षमा पठाएर यो अभियान सुरु गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै