• २०८१ बैशाख ६ बिहीबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।  

यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै