• २०८१ बैशाख १३ बिहीबार

जापान पुगिन पेलोसी

kharibot

काठमाडौँ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले चीनले ताइवानलाई एक्लो पार्ने प्रयास गरेको तर अमेरिकाले त्यसो हुन नदिने बताएकी छन् ।

न्यान्सी पेलोसी अहिले जापानको भ्रमणमा छिन् । जापानमा पत्रकार सम्मेलनमा उनले आफ्नो ताइवान भ्रमणबारे आफ्नो प्रतिक्रिया दिदै ताइवानलाई एक्लो पार्ने प्रयास गरेका कारण आफुले भ्रमण गरेको बताएकी छन् ।

उनले भनिन्- ‘यस अवधिमा यथास्थितिलाई परिवर्तन गर्ने होइन, चीनले ताइवानलाई एक्लो पार्ने प्रयास गरेको छ, तर ताइवान जानबाट रोकेर त्यसलाई एक्लो पार्न सक्ने छैन । हामी तिनीहरूलाई त्यसो गर्न दिनेछैनौं ।'

पेलोसी सधैं ताइवानको स्वतन्त्रताको लागि आवाज उठाइरहेकी छिन् । पत्रकार सम्मेलनमा उनलाई यो भ्रमण ताइवानलाई सहयोग गर्नुभन्दा बढी उनको आफ्नो प्रचारको लागि भएको हो भन्ने प्रश्नको जवादफमा उनले भनिन्- 'यो एउटा बेतुका तर्क हो । यो मेरो बारेमा होइन, यो ताइवानको बारेमा हो ।'

गत मंगलबार, चीनको कडा चेतावनीको बाबजुद, पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । उनी ताइवानमा २४ घण्टाभन्दा कम समय बिताएर जापान भ्रमणमा पुगेकी छन् । पेलोसी २५ वर्षमा ताइवान भ्रमण गर्ने पहिलो अमेरिकी उच्च अधिकारी हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै