• २०८१ बैशाख ४ मंगलबार

खोटाङमा ट्याक्टर चालक मृत फेला

kharibot

खोटाङ । खोटाङको दिक्तेलमा एक पुरुष मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङमाङ बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक हिङमाङले दिक्तेल रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै आएका थिए ।

उनी खत्रीकै घरमा बस्दै आएको र उनकै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै